शंखरापुरमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
काठमाडौं — शंखरापुर नगरपालिकाले नगर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी कार्तिक १२, १३ र १४ गते सञ्चालन हुने भएको हो।
शंखरापुर नगर खेलकुद विकास समितिका अध्यक्ष श्रीराम श्रेष्ठले प्रतियोगिताको तयारी अघि बढाइएको नयाँ पाेष्टलाई जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते र योग लगायतका खेल समावेश गरिनेछ।
अध्यक्ष श्रेष्ठले प्रतियोगिताको मुख्य उद्देश्य शंखरापुर नगरपालिकाभित्र रहेका विद्यालय तहका प्रतिभावान खेलाडी पहिचान गरी नगरबाटै दक्ष खेलाडी उत्पादन गर्नु रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यालय तहदेखि नै खेलाडीको प्रतिभा पहिचान गरी आवश्यक अवसर र प्रशिक्षण उपलब्ध गराउँदै नगरपालिकाबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो।”
प्रतियोगितामा शंखरापुर नगरपालिकाभित्रका विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी चरणका प्रतियोगितामा सहभागी गराउने तयारीसमेत गरिएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस