प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश मल्ल २० दिन बिदामा

नयाँ पोस्ट
६ जेठ २०८३, बुधबार

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदामा बसेकी छन् । नयाँ प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मा नियुक्त भएपछि मल्ल बिदामा गएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार मल्लले औपचारिक रूपमा २० दिनको बिदा लिएकी हुन् ।

यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेर हदका कारण अवकाश भएपछि मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । तर संवैधानिक परिषद्ले आफूभन्दा जुनियर रहेका डा. शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट रहेको चर्चा न्याय क्षेत्रमै भएको थियो ।

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि शपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा न्यायाधीश मल्ल भने सहभागी नभएको बताइएको छ ।


धेरै पढिएको