भारतीय प्रधानमन्त्री मोदी र रास्वपा सभापति रवि लामिछानेबीच भेट
काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, क्षेत्रीय सहकार्य तथा दुई देशबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। लामिछानेको भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँगको भेटलाई विशेष महत्वका साथ हेरिएको छ। यसअघि लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाह सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको थियो। भ्रमणका क्रममा दुवै देशका राजनीतिक नेतृत्वबीच सम्बन्ध विस्तार, लोकतान्त्रिक अभ्यास आदानप्रदान तथा सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ।
रास्वपाले यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने अवसरका रूपमा लिएको जनाएको छ।





प्रतिक्रिया दिनुहोस