यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ

नयाँ पोस्ट
८ असार २०८३, सोमबार

काठमाडौं, असार ८ — काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट यात्रुलाई दुःख हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट खटिएको टोलीले उपत्यकाका विभिन्न क्षेत्रमा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाकै ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ, सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका डोरकुमार श्रेष्ठ, ओखलढुंगाका ४५ वर्षीय नन्दलाल बुढाथोकी तथा सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई अनावश्यक रूपमा दुःख हैरानी दिएको आरोप लागेको छ। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।यात्रुको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।


धेरै पढिएको