राष्ट्रपतिबाट चार अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण

नयाँ पोस्ट
२६ असार २०८३, शुक्रवार

२६ असार, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसदबाट पारित भएका चारवटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेस गरिएका विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो।

प्रमाणीकरण भएका विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ रहेका छन्।

उक्त चारवटै विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै ती विधेयकहरू अब कानुनका रूपमा कार्यान्वयनमा आउने बाटो खुलेको छ।


धेरै पढिएको