काठमाडौं उपत्यकामा ७० शंकास्पद व्यक्ति नियन्त्रणमा, ६ फरार प्रतिवादी पनि पक्राउ
काठमाडौं, साउन ४ – काठमाडौं उपत्यका प्रहरीले पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा ७० जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएकामध्ये काठमाडौंबाट ६० जना, ललितपुरबाट ४ जना र भक्तपुरबाट ६ जना रहेका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसै अवधिमा विभिन्न मुद्दामा अदालतबाट सजाय वा फैसला भई फरार रहेका ६ प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उपत्यकामा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले नियमित रूपमा सुरक्षा निगरानी, चेकजाँच तथा विशेष अपरेशन सञ्चालन गर्दै आएको जनाएको छ। साथै, कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस