राष्ट्रपति र प्रधानमन्त्रीको दलहरूलाई सन्देश : चुनावमा सहभागी नभए विषम परिस्थिति आउँछ
२४ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई चुनावमा सहभागी हुन आग्रह गरेका छन् । राष्ट्रपतिको अग्रसरतामा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, “तपाईंहरू सहभागी नभए चुनाव कसरी हुन्छ ? घोषित मितिमा चुनाव नभए विषम परिस्थिति आउँछ।”
तर दलका नेताहरूले न्यूनतम वातावरण नबनेको भन्दै असन्तुष्टि जनाए । उनीहरूले शान्ति–सुरक्षा कमजोर भएको, प्रहरीको मनोबल खस्किएको र नेताहरूलाई मुद्दा लगाउने गतिविधिले चुनावी माहोल बिगारिरहेको बताए ।
प्रधानमन्त्री कार्कीले शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन । गृहमन्त्री ओम प्रकाश अर्यालले घटनाहरू छानबिन भइरहेको र पीडितलाई उजुरी दिने अधिकार रोक्न नसकिने बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले बैठकमा सरकारलाई स्थिति सामान्यीकरणमा ध्यान केन्द्रित गर्न सुझाव दिए । छलफलमा राजनीतिक दलका तर्फबाट दोश्रो तहका नेताहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस