Image description

शिक्षिका एवं लोक गायिका सिता दुलालको तिज गित ‘बर्खाको बाटो’ युट्युव मार्फत सार्वजनिक भएको छ । 
‘सीता दुलाल’ युट्युव च्यानल मार्फत ‘बर्खाको बाटो’ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गितमा गायीका दुलालकै शब्द तथा स्वर रहेको छ भने सुफिक्स मदनले संगीत संयोजन गरेका छन् । 
सो गीतमा समुह गायनतर्फ शुभद्रा ढकाल र गीता दुलालको आवाज रहेको छ ।  गीतमा गायीकाहरुका साथै निश्चल शाही र डोल्मा शेर्पाले अभिनय गरेका छन् । सो म्युजिक भिडियोको व्यवस्थापन भने राजेन्द्र ढकालले गरेका छन् । 
अभिभावकले आफ्नो छोरीको बिहे गरिदिन पाए आफ्नो सबै जिम्मेवारी सकिन्छ भनेर सोचिरहेको  तर छोरीको मनमा बिहे बाहेक अरू धेरै रहर र सपनाहरु हुन्छन् त्यसैलाई बुझिदिनु पर्छ भन्ने सन्देश सो गीतमा रहेको कुरा गायीका सीता दुलाल बताउँछिन् । ‘बर्खाको बाटो’ तिज गित गीत मौलिक लोकलयमा तयार पारिएको छ । गायीका दुलालका यसअघि पनि विभिन्न लोकगीतहरु बजारमा आइसकेका छन् । 

भिडियो :