Image description


 
शिक्षिका एवं गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युवमा सार्वजनिक भएको छ । सीता दुलाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा शब्द गायिका दुलालकै रहेको छ भने स्वरमा उनलाई संगीतकार जयराम हुँमागाईले साथ दिएका छन् । सुफिक्स मदनको एरेन्जिङ रहेको गीतमा गोविन्द सोनीले मिक्सिङको काम गरेका छन् । 
गीतमा नव मोडेल शिवराज पौडेल र डोल्मा शेर्पाले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन मुकेश हुमागाँईले गरेका छन् । म्युजिक भिडियोको निर्देशन उमेश कार्कीले गरेका छन् ।

सो म्युजिक भिडियो राजेन्द्र ढकालले निर्माण गरेका हुन् ।

भिडियो