व्यावसायिक राष्ट्रिय हाप्किडो प्रतियोगितामा श्री कालिका शरण माविका विद्यार्थीले जिते रजत र कास्य पदक

नयाँ पोस्ट
१५ पुष २०८१, आइतबार

काठमाडौंको जहरसिंह पौवास्थित श्री कालिका शरण माविमा अध्ययनरत २ जना विद्यार्थीले राष्ट्रिय व्यवसायायिक हाप्किडो प्रतियोगितामा दोश्रो तथा तेश्रो हुँदै रजत र कास्य पदक जितेका छन् ।
यही पुस १२ र १३ गते नेपालगञ्जमा नेपाल हाप्किडो संघले गरेको २ दिने व्यवसायायिक  राष्ट्रिय हाप्किडो प्रतियोगितामा रिमा तामाङले रजत र विशाल रोकाले कास्य पदक जितेका छन् ।
सो प्रतियोगितामा श्री कालिका शरण मा. बिका विद्यार्थीहरु रिमा तामाङ, निशा नेपाली र बिशाल रोक्काले बाग्मती प्रदेशको प्रतिनिधित्व गर्दै सहभागिता जनाएको मुख्य प्रशिक्षक एवं हाप्किडो राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवाले जानकारी दिनुभयो ।
७ वटै प्रदेशको खेलाडी सहभागी उक्त प्रतियोगितामा क्याडेट डिभिजन ४१ के जि तौल समुहमा रिमा तामाङ लुम्बिनी प्रदेशको ज्योती रोका र कर्णाली प्रदेशको गिता टमाटालाई पछि पार्दै फाइनलमा प्रवेश गरेकी थिइन । फाइनलमा भने सुदुरपश्चिमका मेनुका डाँगीसँग हार बेहोर्दै बागमतीको लागि रजत पदक जित्न सफल भइन । त्यस्तै जुनियर डिभिजन ५७ के जि तौल समुहमा बिशाल रोकाले सेमिफाइनलमा कोसी प्रदेशका राजन चौधरीसँग हार बेहोर्दै कास्य पदक जित्न सफल भए । यस्तै निशा नेपाली भने क्वाटर फाइनल बाटै बाहिरिएकी थिइन ।