सलम्बुटारमा ३ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की शिलान्यास

नयाँ पोस्ट
२४ भदौ २०८३, बुधबार

काठमाडौं । शंखरापुर नगरपालिका–६, सलम्बुटारमा ३ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की आयोजनाको शिलान्यास गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापितले आयोजनाको शिलान्यास गरेका हुन् । कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

शिलान्यास कार्यक्रममा आयोजनाको निर्माण गुणस्तरीय बनाउन तथा निर्धारित समयमै सम्पन्न गर्न नगर प्रमुख  रमेश नापितले   सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिइएको थियो ।

खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएपछि सलम्बुटार क्षेत्रका स्थानीयवासीलाई स्वच्छ तथा सहज खानेपानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजनाले स्थानीय क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न समेत योगदान पुग्ने जनाइएको छ ।


धेरै पढिएको