Image description

शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित र संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङबिच छलफल भएको छ ।

मङ्गलवार मन्त्रालयमा भएको छलफलमा नगरप्रमुख नापितले शंखरापुरका बज्रयोगिनी, सालीनदी, मणीच्यूड, जहरसिंहपौवा, सलम्बु देवी क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण गर्नुका साथै ती क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्यक्रमका लागि सहयोग गर्न आग्रह गरेका छन् । 
शंखरापुर नगरपालिका धार्मिक, सांस्कृतिक सम्पदाले धनी र पर्यटकीय रूपमा प्रचुर सम्भावना बोकेको क्षेत्र रहेको बताउँदै मन्त्रालयबाट सहयोगका लागि आग्रह गरे । 
जवाफमा मन्त्री तामाङले मन्त्रालयको कार्यक्षेत्रबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।