Image description

शंखरापुर नगरपालिका वडा नम्बर ३ ले बुनाई तालिममा सहभागि हुन नाम दर्ताका लागि आग्रह गरेको छ । 
एक सूचना प्रकाशन गर्दै वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले शंखरापुर नगरपालिकाको नगरसभाबाट चालु आर्थिक वर्ष २०८०–८१ को लागि वडा नम्बर ३ मा महिला लक्षित शिर्षकमा विनियोजित बजेटबाट बुनाई तालिम सञ्चालन गर्न लागिएको जनाएका छन् । 
उक्त तालिममा सहभागि हुन इच्छुक महिलाहरुले कार्यालय समयमा यही बैशाख १० गतेभित्र वडा कार्यालयमा उपस्थित भइ आफ्नो नाम दर्ता गर्न आग्रह गरेका छन् । 
थप जानकारीको लागि समितिको अध्यक्ष मेनुका सुवेधीको फोन नम्बर ९८६३२००८५६ मा सम्पर्क गर्न आग्रह गरेका छन् । 
हेर्नुहोस सूचना :