Image description

शंखरापुर नगरपालिका वडा नंबर ३ स्थित दोभान खोलामा चिहान पार्टी निर्माण सम्पन्न भएको छ । 
प्राबिधिकको  लगत ईस्टिमेट अनुसार  सुनुवार टोल चिहानपाटी निर्माण कार्य सम्पन्न भएको वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले जानकारी दिएका छन् । 
अध्यक्ष तामाङले सो कार्यका लागि शखरापुर नगरप्रमुख रमेश नापित, उपभोक्ता समितीका अध्यक्ष, सचिब, कोषाध्यक्ष, सदस्यहरुका साथै सहयोग गर्ने सम्पुर्ण उपभोक्ताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । 
चिहानपाटी निर्माण सँगै स्थानीयलाई शव दहनका लागि सहज भएको छ । 
हेर्नुहोस तस्वीरहरु :