Image description

शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले काउलेमा ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण कार्यको अनुगमन गरेका छन् । बिहिबार तामाङ्ले स्थलगत रुपमा अनुगमन गर्दै गुणस्तरीय ढंगले काम गर्न निर्देशन दिएका छन् । 
नगरपालिकाको १६ लाख बजेटबाट ठेक्का मार्फत ५० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको काम भइरहेको हो । 
काउलेमा रहेको अधिकारी टोल र खतिवडा टोलका करिब १५ देखि २० घरका लागि पर्याप्त पानी पुग्ने ढंगले ट्याङ्की निर्माणको काम भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए । 
आर्थिक बर्ष २०७९–८० मा भएको ठेक्काको काम अन्तिम चरणमा पुगेको तामाङले जानकारी दिएका छन् ।