Image description

शंखरापुर नगरपालिका प्रमुख रमेश नापित १४ दिन जापान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आइतबार राती ११ बजे नेपाल वायुसेवा निगमको जहाजमार्फत त्यसतर्फ लाग्नुभएको हो ।  
जापानको सामाजिक संस्था जाइकाको निमन्त्रणामा विपद् जोखिम व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापनको अवलोकन तथा प्रशिक्षण कार्यक्रममा जापान जानुभएका मेयर नापितलाई उपप्रमुख समिता श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अमृतकुमार धिताल, वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतले त्रिभुवन विमानस्थलबाट बिदाइ गर्नुभएको छ । त्यसअघि नगरपालिकाको कार्यालयमा कर्मचारीहरु तथा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुले विदाई गर्नुभएको थियो । 


सो क्रममा मेयर नापितले भ्रमणको उद्देश्यबारे जानकारी दिनुहुँदै भन्नुभयो–‘हामीलाई जापानी संस्था जाइकाबाट भ्रमणको निम्ता आएको थियो । जापानका विभिन्न सहरमा हामीलाई लगेर उहाँहरूले फोहोर मैला व्यवस्थापनका लागि गरेका कामहरूको हामीलाई अवलोकन गराउने, त्यसबारे हामीलाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा सहभागी भएर आएपछि त्यहाँ बुझेका कुराहरूलाई यहाँ आएर कसरी कार्यान्वयन गर्न सकिन्छ त्यसका लागि म प्रयत्न गर्नेछु ।’
मेयर नापितले जापानले फोहोर मैला व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका लागि गरेका कामको अवलोकन गरेर त्यहाँ सिकेका कुराहरूलाई नगरपालिकामा कार्यान्वयनका लागि प्रयास गर्ने बताउनुभयो । 
यसैबिच नगरप्रमुख नापितको जापान भ्रमण अवधीभरका लागि कार्यबहाक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख समिति श्रेष्ठलाई दिइएको छ ।