Image description

काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले 'बिएससी, सिएसआइटि र बिसिए' तहमा भर्ना भएका नयाँ बिद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार काठमाडौको हायात रिजेन्सी होटलमा भएको सो अभिमुखीकरण कार्यक्रममा आईटी शिक्षाको महत्व,अध्ययनपछिको अवसरका संभावनाहरू, कलेजले प्रदान गर्ने शैक्षिक कार्यक्रम, बिद्यार्थीले पालना गर्नुपर्ने अनुशासनका नियमहरू लगायतका बिषयमा बिद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ । 

कार्यक्रममा कलेजका अध्यक्ष केशवप्रसाद दंगालले मन्टेश्वरीदेखि मास्टर्ससम्म अध्ययन हुने शैक्षिक संस्था सेन्ट लरेन्स कलेजको आईटी विभागमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरे ।

उनले त्रिभुवन विश्वविद्यालयले अध्ययन गराउन दिएको समय भन्दा  एक हप्ता अगाडि मंसिर १३ गतेदेखि कक्षा सुरू गर्न लागेको जानकारी गराए । त्रिविले दिएको कोटा अनुसार कक्षा सञ्चालन गर्न लागेको बताउँदै 'तपाईंको सफलता, हाम्रो प्रतिबद्धता' भन्ने कलेजको नारा अनुसार बिद्यार्थीलाई अघि बढाउने बताए । 
अध्यक्ष दंगालले आईटी अध्ययन गर्ने विद्यार्थीले आफ्नो मनस्थितिलाई सूचना प्रविधितिर लगाउँदै एलन मस्कको बाटोमा अघि बढ्न सुझाव दिए ।

कलेजको आईटी डिपार्टमेन्टमा ७१ जना बिद्यार्थी भर्ना भएकोमा सबै सफल हुने विश्वास गर्दै बिचमा पढाइ नछोड्न आग्रह गरे । बिदेश अध्ययनमा जाने हो भने ब्याचलर तह पूरा गरेर मात्रै जान आग्रह गर्दै सो तह पास गरेपछि बिद्यार्थी बेरोजगार नहुने बताए । अध्यक्ष दंगालले ब्याचलर तह पूरा गरेर बिदेश जाँदा कामको अवसर पनि राम्रो गर्न सकिने र मास्टर्स तहको अध्ययन पनि सफलताका साथ सम्पन्न गर्न सकिने उल्लेख गरे ।

कार्यक्रममा प्रिन्सिपल पुरूषोत्तम महर्जनले कलेजको नारा नै बिद्यार्थीहरूको सफलता नै हाम्रो प्रतिबद्धता भन्ने रहेकोले बिद्यार्थीलाई सफल बनाउन कलेज सधै अग्रसर भएर लागिरहने बताए । उनले अहिलेको समय डिजिटल युगको रहेको बताउँदै  हाम्रो दैनिक जिवनलाई आईटी प्रविधिले सहज बनाउँदै लगेको बताए । सरकारले पनि आफ्नो सेवा प्रवाहमा आईटी प्रविधिको प्रयोग बढाउँदै लगेको बताउँदै आईटी शिक्षा लिएपछि भोलीका लागि अवसरहरू धेरै रहेको बताए ।  उनले आइटी शिक्षा लिएपछि बिद्यार्थीहरू आफै साथीहरू मिलेर पनि आईटी कम्पनी खोेलेर अघि बढ्न सक्ने बताए । प्रिन्सिपल महर्जनले आईटी पढ्ने विद्यार्थीले आईटीको क्षेत्रमा केही नयाँ काम गर्ने आइडिया ल्याएमा कलेजले लगानीका लागि बीउ पुँजीको ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय बिज्ञान तथा प्रविधि विभागका प्रमुख सर्विन सायमीले नेपालमा कम्प्युटर विज्ञान, आईटी शिक्षा अध्ययनको भविष्य राम्रो रहेको र विद्यार्थीको आकर्षण बढिरहेको बताए ।उनले त्रिभुवन विश्वविद्यालयले मास्टर्स अफ साईबर सेक्युरिटीजको पढाई सुरू गर्न लागेको बताउँदै कम्प्युटर साईन्स विषयमा पिएचडी कार्यक्रम पनि अघि बढिरहेको जानकारी गराए । सायमीले हाल कम्प्युटर बिज्ञानमा ६० जनाले पिएचडी गरिरहेको बताए । उनले आईटीको क्षेत्रमा अघि बढ्न अहिले तत्काल बजारमा के कुराको माग छ साना विषयलाई लिएर त्यसबारेको एप्लिकेसन बनाएर अघि बढ्न सकिने बताए ।

राम्रो आईडिया ल्याएमा कलेजले नै सहयोग गर्ने प्रतिबद्धता आउनु बिद्यार्थीका लागि सुनौलो अवसर रहेको पनि सायमीले बताए । सिंचाई क्षेत्र, ट्राफिक, शहरमा कोठा भेट्टाउने विषय जस्ता कुराबाट आईटीका बिद्यार्थीले आफ्नो कामलाई अघि बढाउन सकिनेबारे उनले उदाहरण प्रस्तुत गरे । सुचना प्रविधिको क्षेत्रमा स्थापित भएका विश्वका ठूला कम्पनीहरूको अवस्था तलमाथि भईरहने, नयाँ आईडिया बोकेका नयाँ प्रविधिले स्थापित कम्पनीलाई पनि पछि पार्ने संभावनाहरू भईरहने भएकोले आईटीको क्षेत्रमा नयाँ संभावनाका क्षेत्रहरू धेरै रहेको उल्लेख गरे ।

सायमीले आईटी शिक्षा लिईसकेपछि बिद्यार्थीहरूले गर्न सक्ने कामका क्षेत्रहरू, अवसरहरूका बारेमा अभिमुखिकरण गरे । कार्यक्रममा सेन्ट लरेन्स कलेजबाट पास आउट भएर आईटी क्षेत्रमा स्थापित भएका पूर्व विद्यार्थी प्रकाश ढुंगाना र लिफफ्रग टेक्नोलोजी आईटी कम्पनीका सिनिअर प्रोजेक्ट म्यानेजर संगिता शर्माले कलेजले दिने शिक्षा, आईटी क्षेत्रका अवसर र संभावनाहरूका बारेमा चर्चा गरे ।