एक तोला सुनको मूल्य दुई लाख नजिक, चाँदीको भाउ पनि उकालो
काठमाडौं, साउन २० — नेपाली सुन बजारमा फेरि एकपटक मूल्य वृद्धिको लहर आएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (साउन २० गते) सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्यको नजिक हो।
सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। सोमबार तोलाको १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार झण्डै दुई लाख नजिक पुगेको छ।
यससँगै चाँदीको मूल्यसमेत उकालो लागेको छ। सोमबार तोलामा २ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको असर नेपाली बजारमा समेत परेको हो। अमेरिकी डलरको दर, विश्व बजारमा रहेको अनिश्चितता, र लगानीकर्ताको आकर्षण जस्ता कारणले सुन–चाँदीको मूल्य चुलिएको हो।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस