सुनको भाउ तोलामा २,२०० रुपैयाँले उकालो, चाँदी पनि महँगियो
काठमाडौं, २७ चैत । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २,२०० रुपैयाँले बढ्दै २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन सुन २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै पछिल्लो एक सातामा सुनको मूल्य करिब २,९०० रुपैयाँले बढेको देखिन्छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो।
यता, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ८५ रुपैयाँले बढ्दै ४ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो भने गत शुक्रबार ४ हजार ८३० रुपैयाँ कायम थियो। माघ १५ गते चाँदीको भाउ पनि हालसम्मकै उच्च ७ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड छ।


नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस