सुनको मूल्य तोलाको २ लाख नजिक, चाँदी पनि महँगियो
२३ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै शुक्रबार तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ। अब सुनको मूल्य २ लाख रुपैयाँको नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो। बिहीबार सुनको मूल्य तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ। बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजार, भन्सार मूल्य तथा माग–आपूर्तिको अवस्था अनुसार दैनिक रूपमा घटबढ हुने गर्छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च बिन्दुतर्फ उक्लँदै गएको छ, जसको असर नेपाली बजारमा पनि देखिएको हो।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस