सुनको मूल्यमा ऐतिहासिक रेकर्ड : तोलामा २ लाख १० हजार नाघ्यो

नयाँ पोस्ट
२० भदौ २०८२, शुक्रवार

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले शुक्रबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा पुगेको छ।

अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको हो। यसअघि प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार इतिहासकै उच्च मूल्यमा पुगेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार ४९० रुपैयाँमा पुगेको छ।


धेरै पढिएको