Image description

साँखुको पुरानो बसपार्कमा अस्फाल्ट कालोपत्रे गरिएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ६ स्थित भाग्योदय क्याम्पसको अगाडि रहेको बसपार्कमा नगरप्रमुख रमेश नापितको उपस्थितिमा कालोपत्रे गरिएको हो । 
यसअघि गरिएको ढलान तथा कालोपत्रेको बिचमा प्वाल परेर खाल्टा–खुल्टी भएपछि कालोपत्रे गरेर मर्मत गरिएको छ । बिहिबार साँझ नगरप्रमुख रमेश नापित आफै बसपार्कमा उपस्थित भएर कालोपत्रे गर्ने कामको अनुगमन गरेका हुन । पिच तथा ढलानको बिचमा खाल्टो परेपछि अब्यवस्थित बनेको बसपार्कलाई व्यवस्थित बनाइएको हो ।
साथै नगरप्रमुख नापितले बिहिबार साखुको धुल्लाटोल  गेटदेखि बज्रयोगिनी मन्दिरमाथि मणिच्युड जाने जंगलसम्मको सडकमा भइरहेको ‘अस्फाल्ट’ कालोपत्रे गर्ने कामको अनुगमन गरेका छन् ।