Image description


  शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले साँखु–बज्रयोगिनी–घुमारचोक–डाँडाकटेरी–चौकीभन्ज्याङ–पटाप–कुण्डेश्वर सडकका लागि थप बजेट व्यवस्थापनका लागि पहल गरेका छन् । मेयर नापितले सो सडकखण्ड थप गुणस्तरीय र मजबुद बनाउँनका लागि डिभिजन सडक कार्यालय काठमाडौंसँग थप २० करोड बजेट व्यवस्थापनका लागि पहल गरेका छन् । 
सडक डिभिजन कार्यालयले आफूले गरेको अनुरोधलाई सकारात्मक रुपमा लिएको मेयर नापितले जानकारी दिएका छन् । 
उनले डिभिजन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ–‘शंखरापुर नगरपालिका काठमाडौं निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने निर्वाचन क्षेत्र रणनितिक सडक कार्यक्रम अनर्तगतको पहिलो चरणको ठेक्का व्यवस्थापन भई कलोपत्रो भई रहेको साँखु–बज्रयोजगिनी–घुमारचोक–डाँडाकटेरी–चौकीभन्ज्याङ–पटाप–कुण्डेश्वर सडकको लागि थप बजेट व्यवस्थापन गरी दिनु हुन सिफारिस साथ अनुरोध छ ।’
साथै मेयर नापितले साखुको धुल्लाटोल  गेटदेखि बज्रयोगिनी मन्दिरमाथि मणिच्युड जाने जंगलसम्मको सडकमा भइरहेको ‘अस्फाल्ट’ कालोपत्रे गर्ने कामको अनुगमन समेत गरेका छन् ।