Image description

काठमाडौंको शंखरापुर नगरपालिकाले चावाहिलमा रहेको मनास्लु वल्ड कलेजसँग सम्झौता गरेको छ । 
बिहिबार नगरपालिकाको कार्यालय साँखुमा नगरप्रमुख रमेश नापित र कलेजका अध्यक्ष गेन्द्र लामा लगायतमा प्रतिनिधि विच शंखरापुरका अधिकतम १० जना विद्यार्थीहरुले निःशूल्क प्लस टु तहको अध्ययनको अवसर प्रदान गर्ने विषयमा सम्झौता भएको हो । 
सो कलेज र नगरपालिकाबीच भएको अन्य द्धिपक्षीय सम्झौतामा छात्रवृत्तिमा अध्ययनका लागि ईच्छुक विद्यार्थीहरुको छनोट गरी तोकिएको मिति भित्र  नगरपालिकाले सिफारिश गर्ने, नगरपालिकाभित्र सञ्चालन हुने शैक्षिक उन्नयन केन्द्रित शैक्षिक कार्यक्रम तथा गतिविधिहरुमा आवश्यकता अनुसार कजेलसंग सहभागिता र सहजीकरणको लागि समन्वय र सम्पर्क गर्ने, 
शंखरापुर नगरपालिकामा सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधार र अभिवृद्धि र शिक्षण सिकाई अनुकुल वातावरण विकासका लागि शिक्षक तालिम र विद्यार्थी परामर्श कार्यक्रम सञ्चालनमा सहयोग र सहजीकरणका लागि समन्वय गर्नेबारे सम्झौता भएको छ । 
फोटो स्रोत : राधाकृष्ण श्रेष्ठ, ६ नम्बर वडाअध्यक्ष एवं नगरप्रवक्ता 
यस्तो छ सम्झौताको पूर्णपाठ : 

शंखरापुर नगरपालिका काठमाडौ जिल्लाको पूर्व क्षेत्रमा अवस्थित ग्रामीण नगरपालिका हो । फरक फरक भु–वनोट एवं भौगोलिक विकटतावीच रहेको यो नगरपालिकामा नेवार, तामाङ गुरुङ, ब्राह्मण, क्षेत्री लगायत अन्य जाती र समुदायको वसोवास रहेको छ । प्रायः नगरवासीको मुख्य पेशा कृषि रहेको र नगरवासीहरुको आर्थीक अवस्था मध्यमस्तरको रहेको छ । कृषि, पर्यटन र व्यापार व्यावसायको संभावना रहेको यस नगरपालिकामा उच्च शिक्षाको अवसर प्रदान गर्ने शिक्षण संस्थाको कमी रहेको छ । यद्यपि एकर एक वटा मात्र सामुदायिक र निजि क्याम्पस रहेको छ । जहाँ विविएस र विएडका कक्षाहरु सञ्चालन हुने गरेका छन । प्राविधिक शिक्षाको अवसरका लागि एक मात्र सिटिईभिटी अन्तर्गत शंखरापुर वहुपराविधिक शिक्षालय र एक मात्र नर्सिंङ कलेज रहेको छ । 
ती कलेजमा शंखरापुर नगरवासीको लागि निश्चित कोटा तोकिएकोले सबै ईच्छुक र आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेट्न नसकेको सन्दर्भमा सहज पहुँचको दुरीमा रहेका कलेज एवं शिक्षण संस्थाबाट विशेषगरी छात्रवृत्ति सहुलियतमा अध्ययन गर्न आवश्यक हुने नगरवासी बालवालिकाहरुको शैक्षिक अवश्यकतालाई सम्वोधन गर्ने प्रयासमा यस शंखरापुर नगरपालिकासँगको आपसी समन्वय र सहकार्यमा काठमाडौ महानगरपालिका स्थित चावाहिलमा अवस्थित आफ्नै किसिमको पहिचान बनाएको शिक्षण संस्था श्री मनास्लु वल्ड कलेजले ती लक्षित बालाबालिकाहरुको शैक्षिक आवश्यकतालाई सम्वोधन गर्दै निःशुल्क अध्ययनका लागि अवसर प्रदान गर्ने र नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि समेत अनुकुल शैक्षिक वातावरण तयार गर्नमा नगरपालिकामा सञ्चालित शिक्षण संस्था र कार्यरत जनशक्तीको सक्षमता विकासका क्षेत्रमा सहयोगी सोचका साथ नगरपालिकासंग हातेमालो गर्न अग्रसर तपाई श्री मनास्लु वल्ड कलेज काठमाडौ प्रति सम्मान सहित आपसी समन्वय र सहकार्यको सहमतिमा हामी दुवै पक्ष वीच द्विपक्षीय सम्झौता गरिएको छ ।

समन्वय र सहकार्यका क्षेत्रहरु : 
१) अधिकतम १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति सहुलियतमा प्लस टुको अध्ययनको अवसर प्रदान ।
२) शंखरापुर नगरपालिकाको शैक्षिक उन्नयनका कार्यहरुमा मनास्लु कलेजको सहभागिता ।
३) शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तालिम एवम् विद्यार्थी परामर्श कार्यक्रम सञ्चालन र सहजीकरण ।
प्रथम पक्ष (शंखरापुर नगरपालिका)
–छात्रवृत्तिमा अध्ययनका लागि ईच्छुक विद्यार्थीहरुको छनोट गरी तोकिएको मिति मित्र सिफारिश गर्ने ।
–नगरपालिका भित्र सञ्चालन हुने शैक्षिक उन्नयन केन्द्रित शैक्षिक कार्यक्रम तथा गतिविधिहरुमा आवश्यकता अनुसार कजेलसंग सहभागिता र सहजीकरणको लागि समन्वय र सम्पर्क गर्ने ।
–शंखरापुर नगरपालिकामा सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधार र अभिवृद्धि र शिक्षण सिकाई अनुकुल वातावरण विकासका लागि (क) शिक्षक तालिम र (ख) विद्यार्थी परामर्श कार्यक्रम सञ्चालनमा सहयोग रसहजीकरणका लागि समन्वय गर्ने ।
द्वितीय पक्ष (मनास्लु वल्ड कलेज)
–शंखरापुर नगरपालिकावाट सिफारिश प्राप्त विद्यार्थीहरुलाई निःशुल्क एवम छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने । 
–नगरपालिका भित्र सञ्चालन हुने शैक्षिक उन्नयन केन्द्रित शैक्षिक कार्यक्रम तथा गतिविधिहरुमा आवश्यकता अनुसार कजेलसंग सहभागिता र सहजीकरणको लागि प्राविधिक सहजिकरण र सहभागिता गर्ने ।
–शंखरापुर नगरपालिकामा सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर सुधार र अभिवृद्धि र शिक्षण सिकाई अनुकुल वातावरण विकासका लागि (क) शिक्षक तालिम र (ख) विद्यार्थी परामर्श कार्यक्रम सञ्चालनमा सहयोग रसहजीकरणका लागि सहजीकरण र सहयोग गर्ने

प्रथम पक्ष
नगर प्रमुख
रमेश नापित,  शंखरापुर नगरपालिका 

दोस्रो पक्ष

प्रमुख वा प्रतिनिधि
मनास्लु वल्ड कलेज