Image description

शंखरापुर वडा नम्बर १ मा राती ८ बजेपछि मदिरा पसल सञ्चालनमा रोक लगाइएको छ । वडा अध्यक्ष वेदनारायण दंगालले शुक्रबार एक सूचना जारी गर्र्दै  शंखरापुर १ भित्रका सम्पूर्ण भट्टी पसलहरुले बेलुकाको समयमा ८ बजे भित्र आफ्ना पसल बन्द गर्न आग्रह गरेका छन् । 

वडा नं १ साविक नाङ्गलेभारे गाविसका मुख्य सडकसंग जोडिएका भट्टी पसलहरु राती निर्वाद रुपमा ढिला सम्म खोल्दा मादक पदार्थ सेवन गरी झगडा पर्नुका साथै मादक पदार्थ सेवन गरी रातीको समयमा गाडि चलाउदा सवारी दुर्घटना बढेको अध्यक्ष दंगालले बताएका छन् । 
उनले राती ८ बजेभित्र मादक पदार्थ बिक्री गर्ने पसल बन्द नभएमा  कानुन बमोजिम दण्ड जरिवानाको भागिदार हुनुपर्ने चेतावनी समेत दिएका छन् । 

यस्तो छ जारी विज्ञप्ति :
उपरोक्त सम्बन्धमा शंखरापुर नगरपालिका वडा नं १ साविक नाङ्गलेभारे गाविसका मुख्य सडकसंग जोडिएका भट्टी पसलहरु राती निर्वाद रुपमा ढिलासम्म खोलिएको र जसका कारण मादक पदार्थ सेवन गरी समूदायभित्र झगडा पर्नुका साथै मादक पदार्थ सेवन गरी रातीको समयमा गाडि चलाउँदा सवारी दुर्घटना भई जनधनको क्षति हुनुका साथै समुदायमा भैझगडा बढी समूदाय र परिवार समेत अशान्त बनेको भनी ब्यापक जन गुनासो आएको हुँदा शंखरापुर १ भित्रका सम्पूर्ण भट्टी पसलहरुले बेलुकाको समयमा ८ बजे भित्र आफ्ना पसल बन्द गर्न अन्य समयमा पनि ब्यापारलाई ब्यवस्थित बनाउन यो सूचना जारी गरिन्छ ।
पुनश्चः यो सूचनालाई बेवास्था गरेको पाईएमा कानुन बमोजिम दण्ड जरिवानाको भागिदार हुनुपर्ने कुरा यसै सूचना द्वारा जानकारी गरिन्छ ।
बेद नारयिण दंगाल
वडा अध्यक्ष