Image description

काठमाडौँको महाङ्कालमा रहेको पानी ट्याङ्की युवा समाजको नेतृत्वमा क्यान्सर पीडित शिवशङ्कर जोशीलाई आर्थिक सहयोग गरिएको छ । 
पानी ट्याङ्की स्थित कुमारी माता मन्दिर समिति, कुमारी माता महिला समूह, गङ्गेश्वर शिव पाञ्चायन मन्दिर, महालक्ष्मी महिला समूह, शुभ महालक्ष्मी महिला समूह र पशुपतिनाथ मार्ग टोल सुधार समितिको सहयोगमा संयुक्त रूपमा तिहारमा खेलिएको देउसी भैलोबाट सङ्कलन भएको रकमबाट पानी ट्याङ्की निवासी जोशीलाई हालै आर्थिक सहयोग गरिएको छ । 
पानी ट्याङ्की युवा समाजले विगत लामो समयदेखि फोक्सोको क्यान्सरले ग्रसित रहेका जोशीलाई २५ हजार ५ सय रुपैयाँ आर्थिक गरेको संस्थाका अध्यक्ष उमेश सापकोटाले जानकारी दिनभयो । 


क्यान्सर पीडित जोशीले हरेक २१ दिनमा किमो गराई रहनु भएको छ । वहाँको आर्थिक अवस्थालाई मध्यनजर गरेर सामाजिक दायित्व अनुरूप परेको बेला छिमेकीलाई सहयोग गर्नु पर्छ भन्ने भावनाका साथ पीडित परिवारलाई केही भए पनि राहत पुगोस् भनेर सो सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । 
अध्यक्ष सापकोटाले पानी ट्याङ्कीस्थित अन्य समूह र समितिका प्रतिनिधि, सल्लाहकार, सदस्य र शुभेच्छुकहरूको उपस्थितिमा सने रकम हस्तान्तरण गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक गतिविधिलाई निरन्तरता दिने जानकारी दिनुभयो । 

यसैबिच समाजले महाङ्काल क्षेत्रका टोलवासीहरूको उपस्थितिमा ग्याँसको दुर्घटना र सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सम्पन्न गरेको छ । खाना पकाउने ग्याँसको प्रयोग, सुरक्षा सतर्कता अपनाउनका लागि  एल पी जी किचेन ग्यास सुरक्षा डिभिजन प्रा. लि.सँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।