Image description

काठमाडौंको शंखरापुर नगरपालिकाले सडक छेउका बिजुली पोल, रुख लगायतमा बिज्ञापन बोर्ड राख्न प्रतिबन्ध लगाएको छ । अनाधिकृत रुपमा स्कूल, कलेज, होटल तथा विभिन्न व्यापारिक संस्थाले होर्डिङ बोर्ड तथा फ्लेक्स विज्ञापन राख्दा नगरपालिका कुरुप हुने तथा प्रदूर्षण बढ्ने भएकोले त्यस्ता सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको नगरप्रमुख रमेश नापितले जानकारी दिनुभयो ।
इन्द्रायणी पुलदेखि सडक नगरपालिकाका मुख्य बजार क्षेत्र तथा जहरसिंह पौवा जाने जंगल क्षेत्रको सडकका दायाँ बायाँ रुखहरुमा समेत नगरपालिकाको स्वीकृति बेगर त्यस्ता सामग्री राखिएकोले नगरप्रहरीको सक्रियतामा हटाउने काम गरिएको मेयर नापितले जानकारी दिनुभयो । साथै सडक छेउछाउका सार्वजनिक स्थलहरुमा त्यस्ता सामग्री राखिएको पाइएमा तत्काल हटाउँनका लागि नगरप्रहरीलाई निर्देशन समेत दिएको बताउनुभएको  । स्कूल, कलेजको भर्ना हुने समयमा त्यस्ता सामग्री धेरै राख्ने भएकोले सम्बन्धित पक्षलाई त्यस्तो बिज्ञापन बोर्ड नराख्न आग्रह गर्दै नगरपालिकाको निर्देशन विपरित त्यस्ता कामलाई निरन्तरता दिए कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने उहाँले बताउँनुभएको छ ।