Image description
 
काठमाडौँको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजले आयोजना गरेको सेन्ट लरेन्स साइन्स एन्ड आइटी एक्स्पो  २०८० सम्पन्न भएको छ । विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नयाँ आविष्कारहरूको प्रदर्शनी तथा प्रतियोगितामा रिपुमर्दिनी सैनिक महाविद्यालयले पहिलो पुरस्कार जितेको छ । नगद रु १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्रका साथ सो विद्यालयका विद्यार्थीहरूलाई कलेजका अध्यक्ष केशव प्रसाद दंगाल, प्रिन्सिपल पुरुषोत्तम महर्जन, निर्देशक ताराप्रसाद सुवेदी, प्रमुख अतिथि विमल कुमार होडा लगायतले हस्तान्तरण गर्नुभयो ।
यस्तै दोस्रो हुन सफल मिसन पब्लिक स्कुललाई नगद रु.१० हजार, ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । 
तेस्रो पुरस्कार हात पारेको अनमोल ज्योति सेकेन्डरी स्कुललाई नगद रु. ५ हजार सहित, ट्रफि, प्रमाणपत्र, मेडल सहित पुरस्कृत गरिएको छ ।  
डिजिटल भोटिङ सिष्टमबाट सर्वाधिक मत प्राप्त गरेर भ्यूअर चोइस अन्तर्गत सेन्ट लरेन्स सेकेन्डरी स्कुलले उपाधी हात पारेको छ । 
सो प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न २० वटा विद्यालयलहरुले प्रतिस्पर्धा गरेका थिए । 
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष केशव प्रसाद दंगालले विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने सीप भएका, केही गर्ने आँट भएका अन्वेशन गर्ने क्षमता भएका विद्यार्थीहरूले भोलीको भविष्यको निर्धारण गर्ने बताउनुभयो । सो प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधिका नयाँ आविष्कारबारे आफूले पनि ज्ञान हासिल गर्दै अन्य साथीभाईहरुलाई पनि ज्ञान दिन सफल भएको उल्लेख गर्नुभयो । 
उनले पहिलो, दोस्रो, तेस्रो हुन नसकेपनि सो परियोजनाका लागि काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । सेन्ट लरेन्स कलेजले विगतमा आफैले मात्र यस्ता प्रदर्शनी गरे पनि यो वर्षदेखि अरू विद्यालयहरूलाई समेत सहभागी गराएर यस्ता कार्यक्रम गर्न सुरु गरेको जानकारी दिनुभयो ।