Image description

राष्ट्रपति रामचन्द्र पौडेल आइतबार शंखरापुर नगरपालिका स्थित शालीनदीमा श्रीस्वास्थानीको दर्शन गर्न जाने भएका छन् । बिहान ९ बजे साँखु पुग्न लागेका राष्ट्रपतिको स्वागतका लागि तयारी पूरा भएको शंखरापुर नगरपालिकाले जनाएको छ । 
कार्यबहाक नगरप्रमुख समिति श्रेष्ठले भनिन–‘भोली राष्ट्रपतिज्यू शालीनदीमा श्रीस्वस्थानी माधवनारायणको दर्शन गर्न आउँदै हुनुहुन्छ । शालीनदीमा इतिहासमै पहिलो पटक राष्ट्रप्रमुखले दर्शन गर्दै हुनुहुन्छ । बिहान ९ बजे सुरुमा उहाँले शालीनदीमा गएर माधवनारायणको दर्शन गर्नुहुन्छ । त्यसपछि माथि स्वस्थानीको मन्दिरमा आएर दर्शन गर्नुहुन्छ । त्यसपछि बज्रयोगिनी मन्दिरमा दर्शन गर्नुहुन्छ । नगरपालिकाले राष्ट्रपतिको भ्रमणका लागि सम्पूर्ण तयारी गरेको छ ।’
शालीनदी मेलामा इतिहासमै पहिलो पटक राष्ट्रप्रमुख श्रीस्वस्थानी माधव नारायणको दर्शन गर्न जान लागेका हुन ।