Image description

शंखरापुर वडा नम्बर ७ ले धानको बिउको माग गर्न किसानहरुका लागि सूचना जारी गरेको छ । चैत १४ गते एक सूचना प्रकाशन गर्दै वडा नम्बर ७ ले शंखरापुर नगरपालिकाको कृषि विकास शाखाबाट चालु आर्थिक वर्ष २०८०/८१ को सर्सत तर्फको उन्नत धानको  बीउ ५० प्रतिशत अनुदानमा लिनका लागि किसानहरुलाई आग्रह गरेको छ । यही चैत १८ गतेभित्र कार्यालय समयमा नागरिकता र जग्गाधनी पुर्जाको फोटोकपी सहित आवश्यक धानको बिउ माग गर्न आग्रह गरेको छ । 
किसानले खुमल ४, खुमल १०, खुमल ११, खुमल बासमती १६, खुमल १२, खुमल १३ र खुमल १४ जातको धानको बिउ ५० प्रतिशत अनुदानमा पाउने वडा कार्यालयले जानएको छ । 
हेर्नुहोस सूचना :