Image description

शंखरापुर वडा नम्बर १ ले उन्नत जातको धानको बिउको माग गर्न किसानहरूका लागि सूचना जारी गरेको छ । चैत १४ गते एक सूचना प्रकाशन गर्दै वडा नम्बर १ का वडाध्यक्ष वेदनारायण  दंगालले शंखरापुर नगरपालिकाको कृषि विकास शाखाबाट चालु आर्थिक वर्ष २०८०/८१ को सर्शत तर्फको उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा दिने उल्लेख गर्दै त्यसका लागि निवेदन दिन किसानहरूलाई आग्रह गरेका छन् । यही चैत १८ गतेभित्र कार्यालय समयमा निवेदन, नागरिकता र जग्गाधनी पुर्जाको फोटोकपी सहित वडा कार्यालयमा आवश्यक धानको बिउ माग गर्न आग्रह गरेका छन् । 
किसानले खुमल ४, खुमल १०, खुमल ११, खुमल बासमती १६, खुमल १२, खुमल १३ र खुमल १४ जातको धानको बिउ ५० प्रतिशत अनुदानमा पाउने वडा कार्यालयले जानएको छ । 
हेर्नुहोस् सूचना :