Image description

काठमाडौंको चावाहिलमा रहेको सेन्ट लरेन्स कलेजलाई वागमती प्रदेशको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ प्रदान गरिएको छ । 
चन्द्रलोक प्रतिष्ठानले आइतबार एक समारोहका बीच गरेको कार्यक्रममा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ बाट शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले सेन्ट लरेन्स कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई सो उपाधी हस्तान्तरण गरेकी हुन । 
विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको, प्रविधिमैत्री प्रतिस्पर्धा र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा संस्थाले अतुलनीय योगदान पु¥याएवापत सेन्ट लरेन्स कलेजलाई वाग्मती प्रदेशकै उत्कृष्ट कलेजका रूपमा ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८०’ बाट सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ । 
वागमती प्रदेशस्तरमा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित तथा सम्मानित सेन्ट लरेन्स कलेजले कक्षा ११ र १२ तर्फ शिक्षा, मानविकी, व्यवस्थापन र कानुन विषयमा उत्कृष्ठ शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दैै आइरहेको छ ।