Image description

नुवाकोट चौघडाकी माइली राईलाई काठमाडौँको महाकालमा रहेको पानीट्यांकी युवा समाजले १० हजार २ सय रुपैयाँ सहयोग गरेको छ । समाजका अध्यक्ष उमेश सापकोटा र संस्थाका सदस्यहरू पशुपति किरिया पुत्री भवनमा गएर  बुधबार १० हजार २ सय रुपैयाँ सहयोग गरेका हुन । 
काठमाडौँको डेरामा बस्दै आएकी माइली राई बिहान–बेलुका साहुको घरमा भाँडा माझ्ने काम गर्थिन । उनका श्रीमान् पाण्डव राई रिक्सा चलाउँथे । तर, शनिवार बिहान पाण्डवको अचानक मृत्यु भयो । 
उनको मृत्युपछि सब वाहनमा आर्यघाट लैजान पैसा नभएपछि श्रीमानले चलाउने रिक्सामा हालेर माइली र उनका छोराहरूले पशुपति पु¥याएका थिए । 
शव दहन गर्न समेत पैसा नभएका उनीहरूलाई काँग्रेस नेता नरोत्तम वैद्यले सहयोग गरेका थिए । सब जलाउन र किरियापुत्री भवनको भाडा तिरेर वैद्यले सहयोग गरे पनि माइली र उनका छोरालाई खानाको समस्या थियो । 
यसबारेको समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेपछि पानी ट्याङ्की युवा समाजले किरियापुत्री भवनमा पुगेर सहयोग गरेको अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।