गीतकार रञ्जना न्यौपानेको ‘बन्द खाम २’ सार्वजनिक, स्वरुपराज र अन्जु पन्तको स्वर

नयाँ पोस्ट
१२ जेठ २०८२, आइतबार

काठमाडौं – चर्चित गीतकार रञ्जना न्यौपानेको नयाँ गीत ‘बन्द खाम २’ सार्वजनिक भएको छ। यस गीतमा स्वरुपराज आचार्य र अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतमा शब्द रञ्जना न्यौपानेको रहेको छ भने लक्ष्मण पोखरेलले संगीत संयोजन गरेका छन्। अशोक थापाले एरेञ्ज गरेको यो गीतको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन्। गीत ए वन म्यूजिसियन स्टुडियो मा रेकर्ड गरिएको हो।

म्युजिक भिडियो उमेश सापकोटाको निर्देशनमा तयार भएको छ। भिडियोको सिनेमाटोग्राफी मिलन थापा र गोपाल मगरले गरेका छन् भने सम्पादन बाल कुमार मगरले गरेका छन्।

भिडियोमा उमेश सापकोटा, रञ्जना न्यौपाने, रुत्भी सापकोटा र प्रियान्स सापकोटाको अभिनय देख्न सकिन्छ।

यसअघि पनि ‘बन्द खाम’ शीर्षकको गीतमार्फत रञ्जना न्यौपानेको शब्द सृजनालाई दर्शक-श्रोताले रुचाएका थिए। ‘बन्द खाम २’ मा पनि एक युगल जोडीको माया–प्रेमलाई भावुक र सन्देशमूलक शैलीमा प्रस्तुत गरिएको छ।

गीत अहिले यूट्युव लगायतका विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियो :


धेरै पढिएको