डा. भूसालका दुई नयाँ सन्देशमूलक गीत सार्वजनिक: जागरण र जीवनदर्शनको संगालो
काठमाडौं, जेठ १६ —
नेपाल सरकारका सहसचिव डा. भीष्मकुमार भूसालले लेखेका सन्देशमूलक गीतहरूको श्रृङ्खलामा दुई नयाँ सिर्जना थपिएका छन्। जन्मदिन तथा गणतन्त्र दिवसको अवसर पारेर उनले “स्वर्ग यहीं लुकेको छ” र “थरिथरि पात झरे” शीर्षकका गीतहरू यही जेठ १५ गते सार्वजनिक गरेका हुन्।
यसअघि सार्वजनिक “वाचा”, “यो प्रण”, “अब उठ जाग”, र “उड्ने चरी” जस्ता सिर्जनाहरूले सामाजिक चेतना र राष्ट्रिय भावनालाई उजागर गरेका थिए। नयाँ गीतहरू पनि यही शृंखलाको निरन्तरता हुन्।
१. “स्वर्ग यहीं लुकेको छ”
गैरे सुरेशको सङ्गीतमा बनेको यो गीतमा स्वरूप राज आचार्य, रूपा गुरुङ, अन्जली राई र रमिला मगरको स्वर सुन्न सकिन्छ। गीतले स्वर्ग खोज्न परदेश जानु पर्दैन, हामी आफैंले नै नेपाललाई सुन्दर बनाउन सक्छौं भन्ने भाव व्यक्त गर्दै, राष्ट्र निर्माणमा जुट्न जनतालाई आव्हान गर्दछ। यो गीत राष्ट्रनिर्माणको यथार्थवादी दृष्टिकोण बोकेको एक प्रेरणादायी सिर्जना हो। गीतमा स्वर्ग खोज्न कहिल्यै परदेश नजानू, बरु नेपालमै त्यो स्वर्ग निर्माण गर्नुपर्ने सन्देश छ।
गीतका बोलहरूले नेपाली जनतालाई स्वावलम्बी बन्न, सकारात्मक सोच राख्न, र समर्पित भएर देश बनाउने प्रण गर्न उत्प्रेरित गरेको छ ।
२. “थरिथरि पात झरे”
ज्येष्ठ नागरिकको मनोदशा र सामाजिक अवस्थालाई चित्रण गर्ने यो गीतमा रामकृष्ण ढकालको स्वर, बिबि अनुरागीको एरेन्ज र उत्तम पौडेलको सङ्गीत रहेको छ। गीतले बुढ्यौलीमा पुग्ने प्रत्येक व्यक्तिको संवेदनालाई उजागर गर्दै, वृद्ध अवस्थालाई सम्मान र माया दिनुपर्ने सन्देश दिन्छ। यो गीतले वृद्धावस्थाको एकान्त, उपेक्षा, र गहिरो भावना समेटेको छ। ‘थरिथरि पात झरे’ भन्ने शीर्षक आफैँमा जीवनको पतनशील अवस्थाको प्रतीक हो।
गीतले हामी सबै एक दिन बुढो हुन्छौं भन्ने यथार्थ स्मरण गराउँदै ज्येष्ठ नागरिकलाई सम्मान, साथ र सहानुभूति दिनुपर्ने कुरामा जोड दिन्छ।
डा. भूसालका सिर्जनाहरूमा सामाजिक चेतना, राष्ट्रियता र मानवीय संवेदना झल्किन्छ। उनका गीतहरू सिर्जना मात्र होइन, विचार र भावनाको प्रेरणादायी अभिव्यक्ति पनि हुन्।
डा. भीष्मकुमार भूसाल नेपाल सरकारका सहसचिव हुन्। उनी केवल कुशल प्रशासनिक अधिकारी मात्र होइनन्, सामाजिक चेतनाका संवाहक पनि हुन्। सशक्त रचना शैली, गहिरो सामाजिक दृष्टिकोण र प्रेरणादायी सन्देश उनका सिर्जनाको विशेषता हो। उनी जस्ता संवेदनशील गीतकारहरू सामाजिक परिवर्तनका आधार हुन्। उनका सिर्जनाले नेपाली गीतसंगीतमा समर्पण र सन्देशको नवीन लहर ल्याउने संकेत देखाउँछन्।
उनका गीतहरूमा राष्ट्रप्रेम, सामाजिक समानता, मानव अधिकार, र चेतना अभिवृद्धिको भावना पाइन्छ। ‘जागरण गीत’को सन्दर्भमा उनी अद्वितीय गीतकारको रूपमा परिचित हुँदै गएका छन्। डा. भूसालका यी गीतहरू केवल सांगीतिक प्रस्तुति होइनन्, जनमानसमा चेतना जागृत गर्ने अभियान हुन्। “स्वर्ग यहीं लुकेको छ”ले राष्ट्र निर्माणको दिशामा मनोबल दिन्छ भने “थरिथरि पात झरे”ले मानवीय संवेदनाको गहिरो पाठ सिकाउँछ।
हेर्नुहोस भिडियो :

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस