कविता-विवश नेपाल आमा
कवि -सरु आस्था
हे नेपाल आमा
तिम्रो काखमा घोप्टो परी
मन हलुँगो हुने गरी
रून मन छ मलाई
तिम्रै सन्तानले रचेका
सत्तालोलुपता र अर्थलोलुपताका
कैयौं खेलहरू खेलिरहँदा
तिम्रो छातीमा बलजफती
पटक-पटक लात्ती बजारिरहँदा
यिनै आँखा साछी छन्
मन दुखेकै छ, भक्कानो फुटेकै छ
पीडाको कुनै सीमा छैन
पटक पटक देश दुखाइको पीडामा
यो छाती चरचर चिरिइरहेछ
तर म निरीह चाहेर पनि
टुलुटुलु हेर्न बाहेक
मनले शान्तिको कामना गर्न बाहेक
केही गर्ने सामर्थ्य जुटाउन सक्दिन

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस