राजकुमार बानियाँलाई ‘आभास साहित्य सम्मान’, शैलेन्द्र अधिकारीको ‘अर्हत्’लाई उत्कृष्ट साहित्य पुरस्कार
काठमाडौं, जेठ १२ — आभास साहित्य कोषले २०८१ सालको ‘आभास साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ। बानियाँ तीन दशकभन्दा बढी समयदेखि नेपाली साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा क्रियाशील छन्।
त्यस्तै, २०८१ सालको ‘आभास उत्कृष्ट साहित्य पुरस्कार’ आख्यानकार शैलेन्द्र अधिकारीलाई उनको चर्चित उपन्यास अर्हत् का लागि प्रदान गरिने भएको छ। अधिकारीका यसअघि निर्वेद र ब्रह्मास्त्र जस्ता आख्यानकृति प्रकाशित छन्।
कोषका संयोजक बालकृष्ण श्रेष्ठका अनुसार, सम्मान तथा पुरस्कार जेठ १६ गते राजधानीमा आयोजना हुने विशेष समारोहबीच समर्पण गरिनेछ।
यसअघि, सोही पुरस्कार आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ) लाई उपन्यास दुङाल का लागि प्रदान गरिएको थियो।
आभास साहित्य कोषद्वारा प्रदान गरिने सम्मान र पुरस्कारले नेपाली साहित्य क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूप्रति कदर र प्रोत्साहन व्यक्त गर्दै आएको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस