४० वर्षे शैक्षिक यात्रामा नयाँ मोड : जोरपाटीको ‘शान्ति आदर्श’ स्कूल अब ‘एसए कलेज’, अझ गुणस्तरीय शिक्षा दिँदै

नयाँ पोस्ट
७ साउन २०८२, मंगलबार

काठमाडौं, साउन ६,
काठमाडौंको जोरपाटी चोकस्थित नयाँ कलेजको रुपमा ‘एसए कलेज’ स्थापना भई गुणस्तरीय शिक्षाको क्षेत्रमा अगाडि बढिसकेको छ । ‘एसए कलेज’ नयाँ नाम जस्तो लागेपनि यो विगत ४० वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दैै आइरहेको ‘शान्ति आर्दश’ बिद्यालयको संक्षिप्त शब्द मात्र हो, त्यसैले यसको लामो शैक्षिक इतिहास रहेको छ । साथै विभिन्न कलेजमा लामो समय अध्यापन गराएका शिक्षकहरुको सशक्त टिमबाट ‘एसए कलेज’ सञ्चालन भएकोे हुँदा बिद्यार्थीहरुले आफूले खोजेजस्तो गुणस्तरीय शिक्षा यहाँ उपलब्ध हुने कलेजका प्रिन्सिपल गोविन्द प्रसाद दंगालको भनाई छ ।
२०४२ सालमा स्थापना भएको शान्ति आर्दश विद्यालयले अब ‘एसए कलेज’को स्वरुपमा कक्षा ११ र १२ सञ्चालन गर्दै उच्च माध्यमिक तहमा औपचारिक रूपमा पाइला चालेपछि यस भेगका विद्यार्थी तथा अभिभावकहरुले खुसी प्रकट गरेका छन् ।


विद्यालयदेखि कलेजसम्मको यात्रा
चार दशकको अनुभव सँगालेको शान्ति आदर्श माविले अब आफ्नो शैक्षिक उत्तराधिकारलाई अझ विस्तार गर्दै प्लस टु कलेजको रुपमा औपचारिक पहिचान बनाएको हो । विद्यालयले यसअघि माध्यमिक तहमा शैक्षिक उत्कृष्टताको प्रमाण दिइसकेको र त्यसकै निरन्तरता स्वरूप अब उच्च माध्यमिक तहमा पाइला चालेको कलेजका प्रिन्सिपल गोविन्द प्रसाद दंगाल बताउँनुहुन्छ ।
“हामीले देखिने चमक दमकभन्दा पनि शैक्षिक गुदीलाई ध्यान दिएका छौं,” उहाँ भन्नुहुन्छ, “शिक्षा दिने गूरु वर्गको अनुभव नै गुणस्तरीय शिक्षाको मेरुदण्ड हो । हाम्रो कलेजमा वरपरका चर्चित कलेजमा लामो समयसम्म अध्यापन गरेका प्राज्ञिकहरूलाई हामीले यहाँ ल्याएका छौं ।”


डिजिटल शिक्षामा जोड, प्रत्येक कक्षा प्रविधियुक्त
अहिलेको वर्तमान समय अनुसारको प्रविधिमा आधारित क्लासरुम निर्माण गर्नु एसए कलेजको अर्को विशेषता हो । विद्यार्थी केवल सुनेर हैन, हेरेर, खोजेर, प्रयोग गरेर सिकून भन्ने उद्देश्यसहित डिजिटल बोर्ड, अडियो–भिडियो युक्त स्मार्ट क्लासरूमको व्यवस्था गरिएको छ ।
प्रिन्सिपल दंगाल भन्नुहुन्छ–“विद्यार्थीले केवल सुन्दा १५ प्रतिशत ज्ञान ग्रहण गर्न सक्छन, तर देख्दा र आफैँले प्रयोग गर्दा ८० प्रतिशतसम्म सिक्ने सक्नेछन भन्ने विश्वासले हामीले प्रविधिलाई आत्मसाथ गरेका छौं ।”


सैद्धान्तिक र व्यवहारिक शिक्षामा सन्तुलन
एसए कलेजले शिक्षामा केवल किताबी ज्ञान हैन, व्यवहारिक दक्षता पनि उत्तिकै महत्वपूर्ण ठानेको छ । त्यसका लागि विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले सह–पाठ्यक्रम क्रियाकलापमा जोड दिइएको छ । कलेजमा डान्स हल, संगीत कक्ष, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, फुटसल, बास्केटबल, भलिबल, टेबल टेनिस कोर्ट लगायतका पूर्वाधार बनाइएको छ ।
“शिक्षा भनेको केवल परीक्षा पास गर्ने विषय होइन, जीवन बनाउने अभ्यास हो,” प्रिन्सिपल दंगाल भन्नुहुन्छ “त्यसैले हामीले प्रत्येक विद्यार्थीको प्रतिभालाई उर्जा दिने वातावरण बनाएका छौं ।”


कक्षा ११ र १२ का लागि बहुविषय विकल्प
एसए कलेजमा अहिले पाँच संकाय सञ्चालनमा ल्याइएको छ— विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन ।
इन्जिनियरिङ्, मेडिकल वा अनुसन्धानमा भविष्य देख्ने विद्यार्थीका लागि विज्ञान संकाय राखिएको छ । यस्तै व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र बिजनेस स्टडिजका विषयहरु समावेस गरिएको छ ।
मानविकी संकाय अन्तर्गत मास कम्युनिकेशन, सोसियोलोजी र ग्रामीण विकासजस्ता विषय अध्ययनका लागि समावेश गरिएको छ ।
भविष्यमा गुणस्तरीय शिक्षक उत्पादन गर्ने उद्देश्यसहित एस ए कलेजमा शिक्षा शास्त्र संकायपनि सुरु गरिएको छ ।
यस्तै अहिले धेरै विद्यार्थीहरुको आकर्षण बढिरहेको कानुन संकाय पनि यस कलेजमा व्यवस्था गरिएको छ ।
प्रिन्सिपल दंगाल भन्नुहुन्छ –“अहिलेका लागि साइन्स र म्यानेजमेन्ट विद्यार्थीको पहिलो रोजाइ छन तर हामीले व्यवहारिक शिक्षामा रुचि राख्ने विद्यार्थीका लागि होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम जस्ता विषय पनि समेटेका छौं ।”


सबैतिरबाट पायक पर्ने :  शान्त वातावरण
एस ए कलेजको भौगोलिक अवस्थितिसमेत विद्यार्थीका लागि सहज छ । जोरपाटी चोकमा अवस्थित एसए कलेज काठमाडौंको पूर्वी भागमा रहेको गोकर्णेश्वर नगरपालिकाको केन्द्रमै पर्छ । सहज पहुँच, शान्त वातावरण र सघन शैक्षिक क्षेत्रमा रहेको यस कलेजले विद्यार्थीलाई मनोवैज्ञानिक रुपमा पनि सहज बनाउने विश्वास लिएको छ ।
“हाम्रो पहिलो व्याच हो, तर हाम्रो पृष्ठभूमि ४० वर्ष लामो छ,” प्रिन्सिपल दंगाल भन्नुहुन्छ “एसए कलेज नयाँ हो तर यहाँ अध्यापन गराउने टिम अनुभवी, सक्षम र शिक्षामा समर्पित छ । कलेजले कुनै दिन पनि अभिभावक वा विद्यार्थीलाई ‘किन मैले एसए कलेज रोजेँ ?’ भन्ने प्रश्न उठ्न नदिने गरी तयार छ ।”
एसए कलेजले अबको पुस्तालाई आधुनिक, व्यवहारिक र अनुसन्धानमुखी शिक्षा दिने अभिलाषासहित आफ्नो शैक्षिक यात्रा अघि बढाएको छ । ४० वर्षे संस्थागत अनुभवको आधारमा अब एसए कलेजका विद्यार्थीहरूले शिक्षामा मात्र होइन, जीवनमा पनि सफलता पाउने मार्ग तय गर्ने अपेक्षा गरिएको छ ।

     


धेरै पढिएको