ठमेलको होटलबाट २ केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ
६ असार, काठमाडौं । ठमेलस्थित एक होटलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीन सियाचिनकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।
ज्याठास्थित ‘चिनियाँ नाम’ को होटलबाट सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको छ।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस