सुनको भाउ साढे दुई लाख नाघ्यो, एकैदिनमा झण्डै ६ हजार वृद्धि
२७ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ पुनः साढे दुई लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो। बुधबार प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुन कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा पुगेको छ। बिहीबार सुन प्रतिऔंस ४२०० अमेरिकी डलर नाघेको छ। यसअघि प्रतिऔंस ४३८१ डलरसम्म पुग्ने रेकर्ड बनेको थियो।
यसअघि नेपाली बजारमा असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १७० रुपैयाँ बढ्दै बिहीबारको मूल्य ३३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुग्दा यो वर्षको उच्चतम स्तर कायम भएको थियो।

नयाँ पोस्ट



प्रतिक्रिया दिनुहोस