Image description
 

२५ पुस २०८०

काठमाडौँ

एसियाली विकास बैङ्क नेपालका पोर्टफोलियो व्यवस्थापन इकाई प्रमुख अर्नाड हेकम्यान र शंखरापुर नगरप्रमुख रमेश नापितबिच भेटवार्ता भएको छ । बुधवार शंखरापुर नगरपालिकामा हेकम्यान र मेयर नापितबिच शंखरापुर नगरपालिकामा स्वच्छ खानेपानी विकासका बारेमा छलफल भएको छ । सो अवसरमा वडा नम्बर ३ मा रहेको हिले चौर मुहान क्षेत्रमा ड्याम निर्माणकार्यको बिषयमा छलफल भएको छ ।  

सो छलफलपछि हेकम्यान सहितको टोलीलाई नगरप्रमुख नापितले हिले चौर खानेपानी मुहान क्षेत्रको अवलोकन भ्रमण गराउँनुभएको छ । 

सो अवरमा एडिबीका हेकम्यानका अलावा सञ्जय कक्षपति, एकीकृत बागमती सभ्यताका पूर्व अध्यक्ष उद्धव तिमल्सिना,  एसियाली विकास बैङ्कमा आबद्ध पुष्कर मानन्धर, विमलबाबु खत्री, रजनी तुलाधर, ग्रीष्मा शाह, सुवास गिरी, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, वडा नं ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, वडा नं ३ का अध्यक्ष सूर्य तामाङ, वन उपभोक्ता समितिका अध्यक्ष राजकुमार थापा, र साँखु खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेश लाल श्रेष्ठले अवलोकन भ्रमण गर्नुभएको छ ।  समितिका अध्यक्ष श्रेष्ठले खानेपानी मुहान क्षेत्रमा स्वागत गर्नुका साथै मुहान क्षेत्र निरीक्षण भ्रमण गराउनुभएको छ । सो अवसरमा एडिबीका प्रतिनिधिहरूले शंखरापुरको खानेपानी क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Edit