Image description

 

शंखरापुर नगरपालिका वडा नम्बर १ देउराली डब्लेङमा गत फागुन १ गते आगोलागीबाट घर र गोठमा क्षति बेहोरेका सुकुराम तामाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी शंखरापुर नगरसमितिले साढे ३ वण्डल जस्तापाता र ३३ हजार रुपैयाँ नगद सहयोग गरेको छ । 
गत स्थानीय निर्वाचनमा राप्रपाबाट वडाध्यक्षका प्रत्यासी दोर्जे लामाको सक्रियतामा छेवाङ लामा र मान बहादुर लामाको पहलमा राप्रपा शंखरापुर नगर कार्य समिति अध्यक्ष राजेन्द्र श्रेष्ठबाट नगद  ३३ हजार रुपैयाँ र  हेलो शंखरापुर टिमको संयोजक जयराम श्रेष्ठबाट गोठ सुधारको लागि २४ हजार ८ सय रुपैयाँको साढे ३ बण्डेल जस्ताको व्यवस्था गरिएको दोर्जे लामाले जानकारी दिए । 
चैत २२ गते शंखरापुर वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, हेलो शंखरापुर टिमको संयोजक जयराम श्रेष्ठ, दोर्जे लामा, मान बहादुर लामाले सुकुराम तामाङलाई जस्तापाता हस्तान्तरण गरेका छन् । 
विपदको घडीमा गरिएको सहयोगका लागि सुकुराम तामाङले धन्यवाद ज्ञापन गरेका छन् ।