Image description

काठमाडौं, ३१ असार ।

शिक्षा क्षेत्रमा अग्रणी रहेको काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजलाई ‘मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड, २०८०’ प्रदान गरिएको छ ।
आइतबार अनलाइन मिडिया केन्द्रबिन्दु डटकमले काठमाडौंमा गरेको एक विशेष भब्य समारोहकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अग्रणी स्थानमा रहेको सेन्ट लरेन्स कलेजलाई मस्ट कन्सिस्टेन्ट एकेडेमिक अवार्ड प्रदान गरिएको छ । कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले अवार्ड ग्रहण गरेका छन् । 

विगत लामो समयदेखि सेन्ट लरेन्सले शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड दिएको हो । उच्च माध्यमिक तहदेखि स्नात्तोकतर सम्मको अध्ययन हुने यो कलेजमा प्लस टू तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुनमा अध्यापन हुँदै आएको छ ।
शान्त वातावरणका साथै अनुशासित र उत्कृष्ट शैक्षिक वातावरणका लागि छुट्टै पहिचान बनाएको यो कलेजबाट विश्वबजारका लागि धेरै बिद्यार्थी उर्तीण भइसकेका छन् । 
विगतमा पनि यो कलेजले शैक्षिक क्षेत्रमा पु¥याएको योगदान स्वरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु प्राप्त गर्दै  आएको छ ।