Image description


 सघन सहरी विकास कार्यक्रम अन्तर्गत साँखु ढलको ट्रिटमेन्ट प्लान्टका लागि बिनियोजित ३ करोड रुपैयाँ बजेट सलम्वु बन क्षेत्रको स्थानमा पर्ने देखाउदै जिल्ला वन कार्यालय काठमाडौंले निर्माणमा रोक्का राखेपछि झण्डै फ्रिज भईसकेको बजेट सलम्बु पार्क जाने सडकका लागि प्रयोग गरिएको छ । 
शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको अथक प्रयास वडा नम्बर ६ का  अध्यक्ष एवं प्रवक्ता राधाकृष्ण श्रेष्ठको निरन्तर सकृयतामा सलम्वु पार्कमा जाने बाटो स्तरन्नोतिको काममा सो बजेट सदुपयोग गरिएको हो । 


शंखरापुर वडा नं ६ भित्र  आर्थिब वर्ष २०७९/०८० मा सबैभन्दा ठुलो बजेट रकमको योजनाको रुपमा रहेको,  वडा र नगरको गौरवको आयोजना सलम्बु मन्दिर पार्कको पहिलो योजना सडक स्तरोन्नतिको काम सम्पन्न भएको प्रवक्ता श्रेष्ठको भनाई छ । 
नगरप्रमुख नापित, प्रवक्ता श्रेष्ठ, नगरपालिकाका प्राविधिक लगायतले सो सडक निर्माण कार्यको अवलोकन समेत गरेका छन् । 
झण्डै ५०० मिटर सडकमध्ये २०० मिटर ढलान, सडकसँगै जोडिएको जङ्गलको भाग झण्डै ५०० मिटर नै ढुङ्गाको वाल र त्यस माथि तार बार, साईड ड्रेन लगायतका काम सम्पन्न भएको छ । यो आर्थिक बर्षमा बाटो स्तरन्नोती काम सम्पन्न गरि पार्कमा १२ महिना नै सहज ढंगमा जान सकिने बनाउन लागिएको उनको भनाई छ । 


सो योजना सम्पन्न गर्न सहयोग गर्ने शंखरापुर नगरपालिका मेयर रमेश नापित, सघन सहरीआयोजना प्रमुख गणेश कर्माचार्य, वन कार्यालय काठमाडौं, ईलाका वन कार्यालय साँखु, सलम्बु वन उपभोक्ता समिती, प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण स्थानिय व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।