Image description

 

-रामराजा के.सी.

काठमाडौंको दक्षिणकालीमा रहेको सुसेली साहित्यिक प्रतिष्ठानले गरेको विशेष कार्यक्रममा सिर्जनशील किशोर पहाडी नामक पुस्तक बिमोचन गरिएको छ । शनिवार दक्षिणकाली नगरपालिकामा भएको कार्यक्रममा डा. शेखरकुमार श्रेष्ठले सम्पादन गर्नु भएको उक्त पुस्तकमा ८० जना श्रष्टाको किशोर पहाडीसँग सम्बन्धित लेख रचना समावेश गरिएको छ ।  


पुस्तक विमोचनका साथै श्रष्टा किशोर पहाडीलाई सम्मान पनि गरिएको छ । पहाडीलाई स्थानीय बाजागाजाका साथमा नगरका ७ टोल परिक्रमा गराई झम्केश्वरी डकुबलीमा राखेर स्थानीय सङ्घ संस्था, नगरपालिका, सुसेली साहित्यिक प्रतिष्ठान लगायत १८ ओटा संस्थाद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा देशभरिका ६० जान भन्दा बढि साहित्यकारहरूको उपस्थिति रहेको थियो । स्थानीय विद्यालय, सङ्घ संस्था, पत्रकार, बिद्यार्थी, टोल विकास संस्थ लगायत नगरपालिकाका कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा आफूलाई सम्मान व्यक्त गरेकोमा सुसेली साहित्यिक प्रतिष्ठानप्रति श्रष्टा पहाडीले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
सुसेली साहित्य प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षता, नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्य, उपप्रमुख बसन्ती डंगोल तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । 


किशोर पहाडीका गुरू गिर्वाणनाथ अर्याल र जेष्ठ नागरिक मोहननारायण बलामीले कार्यक्रममा पहाडीलाई आशिर्वाद दिनभयो । उक्त कार्यक्रम संस्थाका सदस्य डा. शेखरकुमार श्रेष्ठले संचालन गर्नुभएकको थियो भने स्वागत मन्तव्य वा नं ६ का अध्यक्ष शैलेसमान महर्जनले गर्नुभएको थियो । संस्थाकी सदस्य अप्सरा भुर्तेलले पहाडीलाई सम्मान गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । साथै पूर्वउपकुलपति विष्णुविभु घिमिरे र साहित्यकार विश्वमोहन श्रेष्ठले किशोर पहाडीका बारेमा प्रष्ट्याउनु भएको थियो । 

नगरका प्रमुख र उपप्रमुखले शुभकामना मन्तब्य राख्नु भएको थियो । सुसेली साहित्य साहित्यिक प्रतिष्ठानका सदस्यहरू रजनी खत्री, सुसान्त के.सी., कृष्णकुमार श्रेष्ठ, ललिता के.सी. सरिता बलामी, सबिता के.सी., केदारनाथ आचार्यले कार्यक्रम व्यवस्थापन गरेका थिए । डा. शेखरकुमार श्रेष्ठ र सचिव रामराजा के.सी. को संयोजनमा कार्यक्रम गरी संस्थाका अध्यक्ष आवेश मिश्रले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियो । कार्यक्रममा ३५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम दक्षिणकाली नगरपालीका बडा नं ६ को प्रायोजन र सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा भएको थियो ।