Image description


सिन्धुपाल्चोकको भोटेचौरमा रहेको सुर्यमुखी साना किसान कृषि सहकारी संस्थामा आबद्ध दुध विक्रेता कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ ५६ पैसाको दरले अनुदान वितरण गरिँदैछ ।
आर्थिक बर्ष २०७८-०७९ मा सो संस्थामा दूध बिक्रि गर्ने दूध बिक्रेता कृषकहरुलाई भोली मंगलबार बिहान ८ बजेदेखि अनुदानको रकम वितरण गर्न लागिएको संस्थाको सहायक प्रवन्धक बिना पोखरेलले जानकारी दिनुभयो । 
पशुपन्छी तथा मत्स्य  बिकास निर्देशनालय बागमती प्रदेश हेटौंडाबाट प्रतिलिटर ३ रुपैयाँ ५६ पैसाको दरले उक्त संस्थालाई उत्पादनमा आधारित अनुदान प्राप्त भएकोले सो अनुदान रकम सम्बन्धित सदस्यको बचत खातामा जम्मा गरेको छ ।
भोली साउन २३ गते मेलम्ची वडा नम्बर १ का दूध विक्रेता किसानलाई सो अनुदानको रकम वितरण गरिने भएको छ । 
यस्तै साउन २४ गते मेलम्ची नगरपालिका वडा नम्बर २ का दूध बिक्रेता किसानलाई, साउन २५ गते वडा नम्बर ३ का दूध बिक्रेता किसानलाई र साउन २६ गते वडा नम्बर ५ र ६ का किसानलाई अनुदानको रकम वितरण गरिने उहाँले बताउनुभयो । अनुदान लिनका लागि बचत खातामा जम्मा भएकोले सम्बन्धित किसान नै नागरिकताको प्रमाणपत्र सहित आउनुपर्ने पोखरेलले बताउनुभयो ।