सुनको मूल्य फेरि ३ लाख नाघ्यो, प्रतितोला ३ लाख १ हजार ७ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ।
यो अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँको वृद्धि हो। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला चार कारोबार दिनमा मात्रै सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँले बढेको छ। गत मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिनको तुलनामा चाँदी ६५ रुपैयाँले महँगिएको हो।
गत मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनसँगै चाँदीको मूल्यमा समेत निरन्तर वृद्धि देखिएको छ।


नयाँ पोस्ट

प्रतिक्रिया दिनुहोस